गोदावरी, विष्णुमती, मनोहरालगायत खोलामा जलसतह बढयो,सतर्कता अपनाउन आग्रह

0
19

भदौ ४ गत्ते,काठमाण्डौ ।

काठमाण्डौआसपासका क्षेत्रमा गएराति परेको पानीले गोदावरी, हनुमन्ते, विष्णुमती, मनोहरा, नख्खुलगायत साना खोलामा जलसतह बढेको छ ।

ती खोला क्षेत्रको आसपासमा बिहान ८ बजेसम्म नै सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

अहिले ती नदी जलाधार क्षेत्रमा पानी पर्नेक्रम रोकिएको छ । आज पनि देशभरको मौसम बदली रहने अनुमान छ ।

आज दिउँसो वाग्मती प्रदेशसहित गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अरु बाँकी प्रदेश १, मधेस प्रदेश र कर्णालीका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here