चुरे अभियानीले गरे तेस्रो चरणको आन्दोलनको घोषणा

0
7

साउन ३१ गते,जनकपुरधाम ।

विगत २८ दिनदेखि अनसनमा बस्दै आएका चुरे तथा वनजंगल संरक्षण अभियानीहरुले रिले अनसन स्थगित गरेका छन् ।

चुरे तथा वनजंगल संरक्षणको माग गर्दै जनकपुरधामस्थित जनकचोकमा रिले अनसनमा बस्दै आएका अभियानीहरुले बुधबारदेखि तेस्रो चरणको आन्दोलनको घोषणा गर्दै मंगलबारदेखि अनसन स्थगित गरेका हुन् ।

विगतमा विभिन्न प्रकारको दबाबमूलक कार्यक्रम, रिले अनसन र आमरण अनसन गर्दासमेत चुरेको विनाश नरोकिएको भन्दै अभियानीहरुले बुधबारदेखि हुने तेस्रो चरणको आन्दोलनमा थप बल पुर्याउने उद्देश्यले आजदेखि रिले अनसन स्थगित गरिएको अभियानका राष्ट्रिय संयोजक सुनिल यादवले जानकारी दिए ।

विगत २८ दिनदेखि रिले अनसन तथा विभिन्न दवाबमूलक कार्यक्रमहरु गरेपनि संघ सरकार, प्रदेश सरकार र स्थानिय सरकारबाट कुनै पनि सुनवाई नभएकोले बाध्य भएर तेस्रो चरणको आन्दोलन घोषणा गरेको संयोजक यादवले बताए ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here